मङ्लबार, चैत्र २५, २०८१
Tuesday, April 8, 2025

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र युएई 

  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

शुक्रबार ७ वैशाख २०८१

काठमाडौं / आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्। बुधबार समूह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पूरा भएको थियो।

समूह ए बाट नेपाल समूह विजेता र हङकङ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्। अब पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन्। यो खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि शुरु हुने छ।

नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्द्वी मानिन्छन्। यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ। नेपाल र युएईबीच अहिलेसम्म ९ टी-२० खेल भएका छन्। जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ।

त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन्। यो खेल अपराहन्न ४: १५ बजेदेखि शुरु हुने छ।

यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शिर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv