सोमबार १६ भदौ २०८२
कर्णाली / कर्णाली राजमार्ग अन्तर्रगत सुर्खेत–जुम्ला सडक खण्डको कालिकोट खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमोड, गगने खोलामा सडक अबरुद्ध अझै खुलेको छैन ।
शुक्रबार पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात चार दिनदेखि अबरुद्ध भएका छन । सञ्चालन रोकिएपछि सुर्खेत जुम्ला,मुगु आवत जावत गर्ने यात्रुहरुलाई सास्ती खेप्नु परेको छ ।
पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको र खुलाउन प्रयास भइरहेको भएपनि वर्षा भइरहेकाले समस्या भएको कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताए । उनले हुल्मदेखि दहीखोलामा पहिरो खसेको खबर आएर यातायातका साधनहरु ठप्प भएको जनाकारी गराए ।
अहिले पहिरो पन्छाउने प्रयास भइरहेको भएपनि आकाशबाट पनी परिरहेकाले समस्या भइरहेको छ ।
वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको भएपनि सरोकारवालाको ध्यान पुग्ने गरेको छैन ।







WRITE COMMENTS FOR THIS ARTICLE