शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

दसैँका लागि नयाँ नोट २९ गतेदेखि साट्न पाइने

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares
आइतबार १५ भदौ २०८२

काठमाडौ / प्रत्येक बर्ष झैं यस बर्ष पनि दसैँका लागि नयाँ नोट (सुकिला नोट)  साट्न पाइने भएको छ।

यही भदौ २९ गतेदेखि यस वर्ष विजया दशमी असोजको १६ गते परेकाले भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाउने नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकुपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट नयाँ नोट साट्न सकिने छ। साथै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सर्वसाधारणलगायत विभिन्न संघ/संस्थाले कारोबारको समयमा नोट साट्न पाउने छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x