शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

युवा संघमा चर्किदै विवाद, समानान्तर कमिटी घोषणा गर्दै असन्तुष्ट पक्षधर

  • 88
  •  
  •  
  •  
  •  
  •  
  •  
    88
    Shares

 

शनिबार ३१ साउन २०८२
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालमा विवाद बढदै गइरहेको छ । पार्टी नेतृत्वले मनोमानी हस्तक्षेप गरेपछि समानान्तर कमिटी घोषणा हुदैछ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले मनोमानी हस्तक्षेप गरेको जनाउदै सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल निकट मानिने युवाहरुले समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेका छन् । युवा संघमा देखिएको विवाद समाधान नगरी पार्टी नेतृत्वले मनोमानी गर्दै आएको असन्तुष्ट पक्षधरको भनाई रहेको छ ।
असन्तुष्ट पक्षधरको नेतृत्व गरिरहेका संजीव राईले आफूहरुले पटक–पटक निर्णय सच्याउन माग गर्दैआएको जनाएका छन् । उनले अबको २४ घण्टाभित्रमा आफूहरुको माग सुनुवाई नभए विधान अनुसार संगठन जोगाउनका निमित केन्द्रीय कमिटीको घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।
शनिबार एक बिज्ञप्ती जारी गर्दै राईले २४ घण्टाभित्रमा आफूहरुको माग सुनुवाई नभए संगठनलाई व्यवस्थित गर्दै अगाडी बढने चेतावनी दिएका हुन् । संघका इन्चार्ज लक्ष्मण केसीले मनोमानी गर्दै संगठनलाई ध्वस्त बनाइसकेको आरोप समेत असन्तुष्ट पक्षधरको रहेको छ ।
‘इन्चार्ज कमरेडले मनोमानी ढंगबाट नेतृत्व तोक्ने, कार्यदल बनाउने र कथित कार्यदलको नाममा राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गर्ने काम गरेका छन् । जसको कारण विगत ४ बर्ष अगाडी दक्षिणपन्थ अवसरवादका विरुद्ध विद्रोहको नेतृत्व गरेका युवा संघ नेपालका पदाधिकारी, स्थाइ कमिटी, सचिवालय र केन्द्रिय कमिटीका सदस्य कमरेडहरु, जो पार्टी संगठन र युवा संघको काममा निरन्तर अविचलित भै खडा भैरहेको छ । यसरी जो कोहिको राजनीतिक इतिहास र आत्मसम्मानमा चोट पुर्याउदै, संघको विधानको विरुद्ध ९औं राष्ट्रिय महाधिवेशनको नाममा जारी भएको कथित सर्कुलर र इन्चार्जको अकर्मण्यता प्रती गम्भीर ध्यानाकर्षण भएको जानकारी गर्दछौं,’ असन्तुष्ट पक्षले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा थप उल्लेख गरिएको छ, ‘साथै पटकौ पटक खबरदारी गर्दा समेत संघको विधानको बलमिचाइ गरी रहेकोले २४ घन्टा भित्र निर्णय नसचाए, संघलाई गलत दिशाबाट जान रोक्न युवा संघ नेपालको विधान, पद्धति र प्रक्रियाको पालना गर्दै, नसच्चाए समाजवादी आन्दोलनलाई क्रान्तिकारी रुपान्तरणका लागि संगठनलाई व्यस्थित गर्दै अगाडी बढाउने कुरा जानकारी गराउदछौं ।’
संघका असन्तुष्ट पक्षधरले पटकपटक निर्णय सच्याउन माग गर्दैआएका छन् । तर पार्टी नेतृत्वले उनीहरुको असन्तुष्टी सम्बोधन गर्नुको साटो मनोमानी गरिरहेको आरोप छ । माधव नेपालले आफूपक्षीय रोशन थापालाई संयोजक तोकेको र कमिटी समेत विस्तार गरेको भन्दै सञ्जीव राई पक्ष असन्तुष्ट बनेको छ । राईपक्षले यसअघि नै युवा संघको काठमाडौँ भेला गर्दै विवाद समाधानका लागि आग्रह गरेको थियो ।
राई निकट एक नेताका अनुसार आज २४ घण्टे अल्टिमेटमसहितको पत्र कार्यालयमा बुझाइने छ । ‘यसअघिको अपानि (अन्तर पार्टी निर्देशन) सच्याउन माग गर्दै हामी पत्र बुझाउँदैछौँ,’ ती नेता भन्छन्, ‘नभए आइतबार नयाँ कमिटीको घोषणा गर्ने हो ।’
‘अध्यक्षबाटै असहयोग भयो । एकैचोटी समानान्तर गठन गर्दा बढी आक्रोशित भएजस्तो देखिन्छ । त्यही भएर अल्टिमेटम बुझाउने हो,’ असन्तुष्ट पक्षका नेताहरु भन्छन । युवा संघको संयोजकमा रोशन थापा छन् । उनलाई पार्टीले नियुक्ति गरेको हो । यसअघिबाटै युवा संघमा विवाद चलिरहेको छ । युवा संघमा समानान्तर गतिविधि बढाइरहेका राईले पनि अब गतिविधि बढाउने स्वीकार गरेका छन् ।
राई निकट मानिने युवा संघका तत्कालिन उपमहासचिव निर्भिक खनाल, सचिवहरु बाबुराजा श्रेष्ठ, अनिल बोगटी, जितबहादुर हमाल, खड्क आचार्य, भेषराज शाह लगायतकाले अब समानान्तर कमिटी घोषणा गर्दै अगाडी बढनेमा सहमत छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x