वीर अस्पतालको शौचालयछेउमै आकस्मिक कक्ष

आइतबार १८ साउन २०८२
काठमाडौ / बिरामी परीक्षणका लागि गुहार लगाइरहेका छन् । चिकित्सक र नर्सहरू आकस्मिक कक्षमा आएका बिरामी व्यवस्थापनसँगै स्वास्थ्य परीक्षणमा व्यस्त छन् । अस्पताल व्यवस्थापनमा खटिएका कर्मचारी बेला बेला आउँछन्, एकैछिनमा हराउँछन् । डाक्टरले आफैँ शय्याको प्रबन्ध गरेर बिरामीको उपचार सुरु गर्छन् । प्रायः भिड रहने वीर अस्पतालको आकस्मिक कक्षको व्यवस्थापनमा खटिने कर्मचारीको लापर्बाहीले बिरामी मर्माहत हुन्छन् किनभने वीर अस्पतालको आकस्मिक कक्षको भद्रगोल दृश्यले उपचार गर्न जाने बिरामी र कुरुवामाथि आहत पुग्छ ।
अस्पताल प्रशासनले वीर अस्पतालको आकस्मिक कक्ष व्यवस्थित गर्दैन । बरु शौचालय र फोहोर सङ्कलनका लागि राखिएका डब्बाछेउ शय्यामा बिरामी राख्दै आएको छ । बिरामी कुरुवा कमलप्रसाद मण्डलका अनुसार अस्पताल प्रशासन र कर्मचारीले ‘जहाँ खाली छ, त्यहीँ बिरामी राख्नू’ भन्छन् ।
उहाँले भन्नुभयो, “अर्धचेत अवस्थाका बिरामी ल्याउँदा शौचालयछेउमा बेडमा राख्न भनेपछि दुई तीन घण्टा त्यहीँ राख्नुपर्यो । अनि डाक्टर आएपछि अगाडि बेड खाली गरेर सारेपछि मात्रै थप परीक्षण भयो ।”
उहाँ मात्रै होइन, नुवाकोटबाट दिदीको उपचारका लागि आएकी सुनिता तामाङको अवस्था पनि उस्तै थियो । उहाँले भन्नुभयो, “शौचालयछेउमै त राख्न नलगाउनुपर्ने हो । यहाँ बिरामी भएर उपचारका लागि आउँदा अर्को रोग थपिने डर हुँदोरहेछ ।” गोरखापत्रबाट
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE