सोमवार, चैत्र २, २०८२
Monday, March 16, 2026

पेट्रोलको मुल्यमा वृद्धि

  • 98
  •  
  •  
  •  
  •  
  •  
  •  
    98
    Shares

काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार, निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, हवाई इन्धन (आन्तरिकतर्फ) मा प्रतिलिटर २ रुपैयाँ, र अन्तर्राष्ट्रिय हवाई इन्धनमा काठमाडौँका लागि प्रति किलोलिटर १५ अमेरिकी डलरले मूल्य वृद्धि गरेको हाे।

पोखरा र भैरहवाका लागि ब्रेक-इभन मूल्यमा बिक्री कायम गरिएको निगमले जानकारी दिएको छ। एलपीजी ग्यासको मूल्य प्रतिसिलिन्डर १४ रुपैयाँ ४९ पैसाले वृद्धि भए पनि उपभोक्ताको हितका लागि पुरानै दर कायम गरिएको छ।

त्यसैगरी, मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ ७४ पैसाले बढे पनि साविककै दर कायम गरिएको छ। डिजेलमा प्रतिलिटर १८ पैसा घटे पनि मूल्य यथावत् राखिएको छ। नयाँ मूल्य दर शनिबार राति १२:०० बजेदेखि लागू हुनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x