शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सांसद किरण साहको पद खारेजी र मत फिर्ताको माग गर्दैै निर्वाचन आयोगमा निवेदन दर्ता

  • 668
  •  
  •  
  •  
  •  
  •  
  •  
    668
    Shares

 

शुक्रबार ९ साउन २०८२
काठमाडौ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद किरण साहको सांसद पद खारेज गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । साथै सांसद साहलाई दिइएको मत समेत फिर्ता माग गरिएको छ ।

रौतहट राजपुर नगरपालिका–४ निवासी राजनकुमार साहले बिहीबार निर्वाचन आयोगमा निवेदन दर्ता गराउदै यस्तो माग गरेका हुन् । सांसद साह रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् । गत आमनिर्वाचनमा सांसद साह स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गरेका थिए ।

आम जनताले स्वतन्त्र जिताउ अभियान अन्तरगत आफ्नो अमुल्य मत दिइ बिजयी बनाएको तर सांसद साहले त्यसको ठिक उल्टो जसको विरोधमा प्रतिस्पर्धा गरेका थिए सोही दलमा प्रवेश गरेकाले आफूहरुले दिइएको मत फिर्ता गर्नुपर्ने र सांसद पद खारेज गर्नुपर्ने जिकिर निवेदक साहको रहेको छ ।

स्वतन्त्र उम्मेदवारको रुपमा बिजयी भएको केही समय पछि सांसद साह एमालेमा प्रवेश गरेका थिए । अहिले सांसद साह प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक मामिला समितिका सभापति समेत रहेका छन् ।

‘रौतहट जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तरगत दलहरुको विरोधमा स्वतन्त्र प्रतिनिधिसभाको उम्मेदवार माननिय सांसद किरण साहलाई म लगायत क्षेत्र नं. २ का आम जनताले स्वतन्त्र जिताउ अभियान अन्तरगत आफ्नो अमूल्य मत दिइ बिजयी बनाएको तर उहाँले त्यसको ठिक उल्टो जसको विरोधमा प्रतिस्पर्धा गर्नुभएको थियो त्यसै दलमा पार्टी प्रवेश गरी हाम्रो मतको अवहेलना गरेको हुनाले हाम्रो मत फिर्ता गर्नमा आवश्यक समन्वय गरी उहाँको सांसद पद खारेजका लागि यो निवेदन पेश गरेको छु,’ निवेदक राजनकुमार साहले निर्वाचन आयोगमा दिएको निवेदनमा उल्लेख गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x