२५ बर्षको कलायात्रामा सक्रिय डि. बि दुबै मृगौलामा समस्या,पिडित भएर बाच्दै

एन्टिना घनश्याम,
शुक्रबार ९ साउन २०८२
काठमाडौ / नेपाल चलचित्र कलाकार संघको कृयाशिल सदस्य डिल बहादुर तामाङ (डि. बि.) मृगौलाको समस्याबाट पीडित भैइ बाचिरहेका छन
अभिनय र निर्देशनमा सकृय डि. बि हाल दुबै मृगौलामा समस्या भएको एक बर्ष अगाडि बौद्ध स्तुपा अस्पतालले रिपोर्ट दिएपश्चात् उपचार सहयोगको याचना गरिरहेका छन। निम्न आर्थिक अबस्थाका कारण डायलायसिस र मृगौला प्रत्यारोपण गर्न लाई समस्या भैरहेको कलाकार डि बिले बताए । विभिन्न टेलिचलचित्र, म्युजिक भिडियो ,विज्ञापन , सडक नाटकमा समेत सक्रिय भैरहेका डि. बि को यो अबस्थाले निम्न आर्थिक अबस्था भएको परिवारका सदस्यहरु समेत चिन्तित छन।

स्तुपा अस्पताल ले मृगौलाको समस्या देखाएपश्चात उनले नगर अस्पताल,भक्तपुर अस्पताल ,अल्का अस्पताल ,बि एण्ड बि अस्पताल हुँदै हाल अहिले टिचिङ अस्पताल महाराजगन्जमा उपचाररत रहेको उनको पारिबारिक स्रोतले जानकारी गराएका छन ।
काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँपालिका वडा नं ९ पालुघाटमा बुबा इंन्द्रबहादुर दोङ तामाङ र आमा साइली माया थाेकर तामाङको कोखबाट २०३१-०३-३० गते जन्मिएका डिल बहादुर तामाङ ( डि बि दोङ ) ले २०५५ सालमा सडक नाटक” नोकर” बाट कला यात्रा सुरु गरेका थिए।कलाकारिताकै क्रममा उनले अहिले सम्म , सूर्य द पावर, ज्यानमारा जेठो छोरा जस्ता नेपाली कथानक चलचित्र साथै दाजुभाइ, चु ल्हुइ , बुम्वा, गाङ्बा , दोखाड (लक्ष्य), ड्याडला नाम्सा, प्राङबोला ल्हुई , निङमा, खाइराङ्बा माया , जाथेवा, ह्याडला सगुन लगायत २ दर्जनभन्दा धेरै तामाङ भाषाका चलचित्रहरुमा आफ्नो कुशल अभिनय प्रस्तुत गरि धेरै नेपाली दर्शकमाझ परिचित भैसकेका छन।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE