शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

म रोकिनेवाला छैन, अब देशव्यापी कार्यक्रम लिएर निस्किन्छु: पूर्व राष्ट्रपति भण्डारी

  • 52
  •  
  •  
  •  
  •  
  •  
  •  
    52
    Shares

बुधबार ७ साउन २०८२

काठमाडौं / नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पाईला नरोकिने निश्कर्षमा पुगेकी छिन् ।

आज विहान पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा भण्डारीले आफू नरोकिने स्पष्ट पारिन् । उनले अब आफू देश दौडाहामा निस्किने घोषणा गरिन् । उनले भनिन्,‘मैले सक्रिय राजनीतिमा आउने घोषणा गसिकेको छु । अब जिल्ला जिल्लामा कार्यक्रम लिएर जान्छु । म रोकिनेवाला छैन ।’ उनले आफू सकारात्मक सोच बोकेर सक्रिय राजनीतिमा होमिएको भन्दै आफ्नो पाइला नरोक्ने उद्घोष गरिन् ।

यता एमालेले भने आधिकारिक रुपमा ढोका बन्द गराउने निर्णय गरेको छ । एमालेको केन्द्रीय कमिटीको नवौं बैठकमार्फत भण्डारीलाई राजनीतिमा सक्रिय हुन रोक लगाउने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठकअघि नै भण्डारीको पार्टी सदस्यता नवीकरण होल्डमा राखेका अध्यक्ष केपी शर्मा ओली केन्द्रीय कमिटीको दुई दिन बसेको बैठकमार्फत विद्यालाई रोक्न सफल भएका छन् । एमालेले विद्याको सदस्यता नवीकरण नै रद्द गरेको निर्णय गरेको छ । यसले भण्डारी पँक्ति पूरै निराश भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x