शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

एक हातमा दुधे बालक र अर्को हातमा खाली गाग्री बोकेर खानेपानी माग्दै सुकुम्बासी

  • 65
  •  
  •  
  •  
  •  
  •  
  •  
    65
    Shares

 

शुक्रबार २७ असार २०८२
काठमाडौं / एक हातमा दुधे बालक र अर्को हातमा खाली गाग्री । काठमाडौंको बल्खु सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएकी गिता नेपाली आफ्नो दुधे बालक सहित खानेपानीको माग गर्दै आन्दोलनमा थिईन् । र उनले नारा लगाउदै थिईन्, ‘हामीलाई खानेपानी देउ, खानेपानी नदिने सरकार मुर्दावाद…।’

काठमाडौंको बिभिन्न ठाउँमा सुकुम्बासी बस्तीहरु छ । तर त्यहाँ शुद्ध खानेपानीको व्यवस्था छैन् । खानेपानी नपाएपछि सुकुम्बासी बस्तीमा बसोबास गर्नेहरु अहिले आन्दोलित छन् । खानेपानीको माग गर्दै उनीहरु दिनहुँ काठमाडौंको त्रिपुरेश्वर स्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय घेराउ गर्दै सरकार बिरुद्ध चर्कोनाराबाजी समेत गर्दैआएका छन् ।

केयूकेएलको कार्यालय सरकार बिरुद्ध चर्कोनाराबाजी गर्दै शुद्ध खानेपानी माग्दै आन्दोलनमा सहभागि नेपालीले खानेपानी नदिएर सरकारले मानवता विरोध अपराध गरिरहेको बताईन् ।

‘खानेपानी त आफ्नो दुसमनलाई पनि दिने हाम्रो समाजको प्ररम्परा छ । तर यो कस्तो निर्दयी सरकार छ की हामीलाई खानेपानी दिदैन्,’ नेपालीले आफ्नो दुखेसो पोख्दै भनिन्, ‘अन्त मेलम्चीको खानेपानी जडा भएको छ, उनीहरुले पानी पनि पाउँछन् तर हाम्रो बस्तीमा त्यो सुविधा छैन् । खानेपानीको पाईप जडा गर्नलाई भन्दा हुदैन भन्छन् । हामीलाई खानेपानी नदिनेलाई त पाप लाग्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदिप यादवका बिरुद्धमा उनीहरुले चर्को रुपमा नारावाजी गरे । खानेपानीको व्यवस्था तत्काल गर्नुपर्ने एकसुत्रीय माग उनीहरुको छ । आन्दोलनमा सहभागि अर्का आन्दोलनकारी रन्ञु शाहले खानेपानी दिन नसक्ने निकम्मा सरकार जनतालाई चाहिएको छैन् ।

‘सुकुम्बासी बस्तीमा की सरकारले खानेपानी दिनुपर्यो हैनभने कुर्सीमा बस्ने अधिकार छैन् । खानेपानी मन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ । यहाँ काठमाडौंमा मात्रै नभई तराई मधेसमा पनि खानेपानीको समस्या छ । इनार सुकिरहेको छ, चापाकलमा पानी आउँदैन तराई मधेसमा पानीको हाहाकार छ तर यो गफाडी सरकारका गफाडी मन्त्रीलाई कुनै चसो नै छैन्,’ शाहले भनिन् ।

आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले खानेपानीप नदिने खानेपानी मन्त्री प्रदिप यादवको राजीनामा माग गरेको छ । खानेपानीको माग गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय तीन दिनदेखी घेराउ गर्दै उनीहरुले सरकार बिरुद्ध चर्कोनाराबाजी समेत गर्दैआएका छन् । आज (शुक्रबार) समेत उनीहरुले खानेपानीको माग गर्दै नाराबाजी गरे ।

खानेपानीको माग गर्दै पटक पटक सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गराए पनि सरकारले खानेपानीको व्यवस्था नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको सुकुम्बासी संघका अध्यक्ष कालबहादुर विकले जनाएका छन् । ‘सरकारले की खानेपानी दिनुपर्यो की खानेपानी मन्त्रीले राजीनामा दिनुपर्यो । असक्षम मन्त्रीले कुर्सीमा टासिएर कहिलेसम्म बस्ने हो ?,’ विकले प्रश्न गरे ।

सहभागिहरुले हातहातमा खाली गाग्री बोकेर हामीलाई खानेपानी देउ भन्दै केयूकेएलको कार्यालय घेराउ गरेका छन् । उनीहरुले सरकारका बिरुद्धमा चर्को नारावाजी समेत गरेका छन् । ‘हामी सुकुम्बासीहरु एक होऔं, सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गर, भूमिहिन सुकुम्बासीहरुलाई लालपूर्जाको व्यवस्था गर, विभेदकारी विद्युत महसुल दर खारेज गर, जातिय छुवाछुत तथा भेदभाव अन्त्य गर, गरिब दलितलाई आवासको व्यवस्था गर, आम सुकुम्बासी संघर्ष समिति – जिन्दावाद, आम जनता जिन्दावाद – जिन्दावाद, आम जनता पार्टी – जिन्दावाद,’ लगायतका नारा उनीहरुले लगाएका छन् ।

‘आजको २१औं शताब्दिमा आफ्नै देशका नागरिकलाई खानेपानीको हकबाट वञ्चित गर्ने मानवता विरोधी कार्य विरुद्ध हामी काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा अनिश्चितकालिन धर्ना तथा विरोधको कार्यक्रम गर्न बाध्य भएका छौं । हामी हाम्रो मागको बारेमा सरकार र सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि कार्यालय घेराउ गर्नु परेको हो,’ सुकुम्बासी संघका अध्यक्ष विकले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x