शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

२५ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ

  • 194
  •  
  •  
  •  
  •  
  •  
  •  
    194
    Shares

मङ्गलबार २४ असार २०८२

विराटनगर /  मोरङ प्रहरीले धनपालथान गाउँपालिकाबाट २५.२५० ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत अररिया पहुँसी ग्राम पञ्चायत-२ का २२ वर्षीय मोहम्मद इर्साद रहेका छन्।

उनी बिआर३८क्यू ५६८६ नम्बरको मोटरसाइकलमा सवार धनपालथान गाउँपालिका-२ अमाहिबरियातीबाट खटिएको प्रहरी टोलीले मंगलबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

इर्सादले बोकेको प्लाष्टिकको झोलामा २५.२५० ग्राम गाँजा फेला परेको प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले बताइन्। पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याएर थप अनुसन्धान थालिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x