शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

देशभर २०.३ प्रतिशत मात्र धान रोपाइँ

  • 81
  •  
  •  
  •  
  •  
  •  
  •  
    81
    Shares

आइतबार १५ असार २०८२

काठमाडौं / यसवर्ष असार १५ सम्म देशभर २० प्रतिशत भन्दा धेरै धान रोपाइँ सम्पन्न भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार असार १५ सम्म देशभर २०.३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो।

मन्त्रालयका अनुसार देशभर १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हालसम्म जम्मा २ लाख ८१ हजार ८०४ हेक्टर जमिनमा रोपाइँ सकिएको हो।

गतवर्षको तुलनामा भने यसवर्ष हाल सम्म १ प्रतिशत रोपाइँ कम भएको छ। गत वर्ष असार १६ सम्म २१.३ प्रतिशत धान रोपाइँ सकिएको थियो।

प्रदेशगत हिसाबले सूदूरपश्चिम प्रदेशमा मात्रै हाल सम्म ४९.२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

गत वर्ष यस अवधि सम्म सूदूरपश्चिममा ५४.२ प्रतिशत धान रोपाइँ सकिएको थियो। सूदूरपश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेकोमा हाल सम्म ८६ हजार ६०१ हेक्टरमा रोपाइँ सकिएको हो।

कर्णाली प्रदेशमा हाल सम्म ३९.१ प्रतिशत धान रोपाइँ सकिएको छ। यस प्रदेशमा ४० हजार ८८४ हेक्टरु जमिनमा धान खेती गरिन्छ।

त्यसमध्ये हालसम्म करिब १६ हजार हेक्टरमा रोपाइँ सकिएको छ। गत वर्षको यस अवधिसम्म भने यस प्रदेशमा हालसम्म करिब ४७ प्रतिशत रोपाइँ सकिएको थियो।

लुम्बीनी प्रदेशमा हाल सम्म २४.३ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष यस अवधि सम्म लुम्बीनीमा २२.८ प्रतिशत धान रोपाइँ भएको थियो। यस प्रदेशमा कुल ३ लाख २ हजार ८८९ हेक्टर जमिनमा धानखेती हुने गरेको छ।

गण्डकी प्रदेशमा हाल सम्म २८.२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। गत वर्ष यस अवधिसम्म यस प्रदेशमा २१.९ प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो। यस प्रदेशमा कुल ९४ हजार १८२ हेक्टरमा धानखेती हुने गरेको छ।

बागमती प्रदेशमा हाल सम्म २०.५ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष यस अवधि सम्म यहाँ करीब साढे १९.६ प्रतिशत रोपाइँ भएको थियो। यस प्रदेशमा कुल १ लाख २० हजार ५४५ हेक्टर जमिनमा धानखेती हुने गरेको केन्द्रले जनाएको छ।

मधेश प्रदेशमा हाल सम्म सबैभन्दा कम ३.९ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष यस अवधि सम्म यस प्रदेशमा ८.२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। यस प्रदेशमा कुल ३ लाख ८० हजार २८३ हेक्टर जमिनमा धानखेती हुनेगरेको छ।

कोशी प्रदेशमा हाल सम्म १४.३ प्रतिशत धान रोपाइँ सकिएको छ। यस प्रदेशमा कुल २ लाख ७६ हजार ३८७ हेक्टर जमिनमा धानखेती हुने गरेको छ। यहाँ गतवर्ष यस अवधि सम्म १३.७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। डिसिनेपालबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x