शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

भैरहवाको विमानस्थल सञ्चालन गर्न नसक्ने शक्तिशाली सरकारले जनतालाई ढाटने काम मात्रै गर्यो : प्रभु साह

  • 131
  •  
  •  
  •  
  •  
  •  
  •  
    131
    Shares

 

शनिबार २० बैशाख २०८२

भैरहवा / आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले दुई तिहाईको शक्तिशाली सरकारले पनि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नमा असफल भएको बताएका छन् । एउटा विमानस्थल सञ्चालन गर्न नसक्ने यस्तो शक्तिशाली सरकारले मुलुक सञ्चालन गर्छ भन्ने कुरा गर्नू जनतालाई ढाट्ने काम मात्रै भएको टिप्पणी उनले गरे ।

भैरहवामा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले विमानस्थल निर्माण हुन थालेपछि अर्बौको लगानी यस क्षेत्रमा भएको बताउदै त्यो सबैलाई डुबाउने काम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको बताए ।

‘भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यो शक्तिशाली सरकारले सञ्चालन गर्न सक्दैन् । यहाँ अर्बौको लगानी भएको छ । त्यो सबैलाई डुबाउने काम सरकारले गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘अर्थमन्त्री यो क्षेत्रको बारेमा जानकार नै हुनुहुन्छ । के उहाँले समेत यो ठाउँलाई विर्सिनुभयो की । विमानस्थल सञ्चालन गरेर यहाँको अर्थतन्त्रलाई अगाडी बढाउने काममा सरकार असफल भईसकेको छ । लगानीकर्ताहरु निराश छन्, चिन्तित छन् ।’

बुटवललाई लुम्बिनीको प्रदेश राजधानी नबनाएर एमाले र कांग्रेसले ठुलो गल्ती गरेको उनले बताए । ‘भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ । बुटवल प्रदेशको राजधानी हुन्छ भनेर यस क्षेत्रमा अर्बौको लगानी उधोगीव्यापारीले गर्यो । तर एमाले र कांग्रेसले सबैलाई डुबाउने काम मात्रै गयो । केही नभएको ठाउँमा लगेर प्रदेश राजधानी बनाउने काम गरेर अर्बौ लगानी डुबाउने काम भयो,’ आजपा अध्यक्ष साहले भने ।

नेपाली कांग्रेस र नेकपा एमालेको शक्तिशाली सरकारले काम गर्न नसक्दा जनता, उधोगी, व्यापारी सबै निराश भएको उनले बताए । आईतबार रुपन्देहीमा पार्टीले आयोजना गरेको भ्रष्टाचार बिरुद्धको जागरण सभाका लागि भैरहवा पुगेका साहले सरकारको औचित्यमाथि नै प्रश्न उठाए । उनले अहिलेको सरकार जनताप्रति जवाफदेही नभएको आरोप लगाए ।

आजपा अध्यक्ष साहले अहिले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र व्याप्त भएको र जताततै भ्रष्टाचार मौलाएको टिप्पणी गरे । उनले वर्तमान सरकारले एकपछि अर्को गरेर मुलुकलाई संकटको भूमरीमा फसाएको आरोप लगाए । देश ठूला दलका ठूला नेताको सिण्डिकेटमा फसेको पनि साहको आरोप छ ।

‘पहिले राजामाहाराजाहरुले लुटे अहिले दलतन्त्रले मुलुकमा लुट मचाएको छ । स्वर्गजस्तो मुलुकलाई यिनीहरुले नर्क बनाइदिए । नेपालमा लुटेर यि लुटेराहरु विदेशमा अबैध तरिकाले सम्पती थुपार्ने काम गरे । प्राकृतिक रुपमा नेपाल स्वर्ग नै छ । मुलुकलाई समृद्ध बनाउन प्रयाप्त आधारहरु छ । तर यि लुटेराहरुले मलुकलाई नर्क बनाइदिएका छन्,’ आजपा अध्यक्ष साहले भने ।

उनले अहिले लोकतन्त्रको नाममा देशमा लुट्ने र देश लुटेको कालो धन अवैध तरिकाले विदेशमा पु¥याउने काम भएको भन्दै अब दलाल तथा भगौडाहरुको भण्डाफोर गर्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले सरकारको नेतृत्व गरेको दल एमालेका नेताहरु नै सडकमा प्रदर्शनमा उत्रिन थालेको भन्दै देशमा रमिता भैरहेको टिप्पणी गरे । हालै एमालेले युथ सेलिब्रेशनको नाममा बैशाख ११ गते भृकुटीमण्डपमा प्रदर्शन कार्यक्रम गरेको थियो ।

अहिले विपक्षीदेखी सत्तारुढ दलकै नेताहरु आन्दोलनमा छन् । उनीहरुपनि यो सरकारबाट सन्तुष्ट नभएको बताउदै उनले सत्तारुढ एमाले सहित प्रतिपक्षी दलहरु आन्दोलनमा रहेको बताए । यति मात्रै नभई शिक्षक, चिकित्सक, बैंकिङक पीडितदेखी निजमती कर्मचारी लगायत सबै क्षेत्र र निकाय सडक आन्दोलनमै रहेकाले यो सरकारको औचित्य समाप्त भईसकेको उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x