प्रज्ञा-प्रतिष्ठानको पुस्तक प्रदर्शनी वैशाख २ गतेदेखि १८ गतेसम्म,प्रदर्शनीमा ६०% देखि ४०% सम्म छुट


बुधबार ३ वैशाख २०८२
काठमाडौ / प्रज्ञा-प्रतिष्ठानको पुस्तक प्रदर्शनी वैशाख २ गतेदेखि १८ गतेसम्म चल्ने भएको छ । उक्त प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू६०% छुट र २०७१ सालयता प्रकाशित भएका पुस्तकहरू खरिद गर्ने व्यक्ति वा संस्थाका लागि विशेष ४० %को छुट दिइएको छ ।
प्रदर्शनीमा अमरकाेश,नेपाली साहित्यकाेश,काैटिल्यकाे अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नोै उपनिषद्, ग्रिक महाकवि हाेमरको ओडिसी, हरेराम जाेशिकाे प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङकाे एरिस्टाेटल र उनका काव्य शास्त्र ‘पेरी पाेइएतिकेस’ लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ।
साथै नेपाली भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शनशास्त्र र समाजशास्त्र लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ।प्रज्ञा-प्रतिष्ठानका पुस्तकहरू पाठकसामू पुर्याएर पठन संस्कृतिलाई विस्तार गर्न उक्त प्रदर्शनीले सहयोग पुर्याउने छ।प्रदर्शनीमा अनुसन्धानात्मक , संस्कार र संस्कृति तथा विभिन्न भाषाका काेशहरू राखिएको छ।
“सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान”भन्ने उद्घोषसहित नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन रातो रिबन काटेर गर्नुभएको थियोे।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE