रवीन्द्र मिश्र र धवल शमशेर राणासहित ४१ जनालाई दोस्रो पटक म्याद थप

काठमाडौं / राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका मिश्र र धवलसहित ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि बुधबार उपस्थित गराइएकोमा थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो।
आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो ।
उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो। पाँच दिनको म्याद मंगलबार सकिएकाले उनीहरूलाई आज दोस्रो पटक म्याद थप गरिएको हो।
राजाबादी आन्दोदनलाई हिंसात्मक बनाउन भूमिका खेलेको भन्दै पक्राउ परेका राप्रपा मिश्र र राणासहित ४१ जना पक्राउ गरेको थियो ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE