शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

पूर्वराजा ज्ञानेन्द्र शाहलाई  सिमा पार नगर्न बिमलेन्द्र निधिको चेतावनी

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

बुधबार ६ चैत २०८१

काठमाडौं / नेपाली कांग्रेसका नेता तथा सांसद विमलेन्द्र निधिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धैर्यता र सिमा पार नगर्न चेतावनी दिएको छ ।

उनले अब नेपालमा अब कुनैपनि हालतमा राजतन्त्र नफर्किने दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद निधिले जनताले राजतन्त्र नचाहेको दाबी गरेका हुन् । उनले गणतन्त्रको रक्षाको लागि जेपनि गर्न तयार रहेको कुरा हेक्का राख्न चेतावनी दिए ।

उनले भने,‘देशी, विदेशी शक्तिले भनेर, साधु, सन्तले भनेर नेपालमा यो आउँछ, त्यो आउँछ कसैले सोच्छ भने त्यो नसोचे हुन्छ । याद गरौं, स्मरण गरौं, यही संविधान जारी गर्ने बेलामा तथाकथित नाकाबन्दी पनि भएको थियो । हामीलाई रोक्नपनि खोजिएको थियो, तर हामीले आँफैले नेपाल फस्टलाई, नेपाली फष्टलाई रोजेका थियौं । आँफैले पनि प्रयोगबाट प्रमाणित गरेका छौं । राजा भन्ने कि पूर्वराजा भन्ने बहस पनि भएको छ यहाँ, तर राजा त रिजेक्टेड हुन् । एबोलिष्ड मोनार्की हो ।’

उनले राजतन्त्रको अन्त्य हुँदा राजाहरुको हालत एकदमै खराब हुने इतिहास भएको भएपनि नेपालमा जनताले धैर्यता देखाएको बताए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x