प्याब्सनको १६औं राष्ट्रिय महाधिवेशनमा – हरि कृष्ण श्रेष्ठको उपमहासचिवमा उम्मेदवारी किन?


शनिबार २४ फागुन २०८१
काठमाडौँ / प्याब्सनको १६औं राष्ट्रिय महाधिवेशनमा – हरि कृष्ण श्रेष्ठले उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् । आज प्रश्न एक उत्तर अनेकमा घनश्याम तिमल्सिना (एन्टिना) द्वारा श्रेष्ठलाई लिएको संवाद:
तपाईँको उपमहासचिव पदमा उम्मेदवारी किन? साहसिक र अनुभवसिद्ध नेतृत्व स्थापित गर्न,निजि विद्यालय मैत्री शिक्षा ऐन नियमावली ल्याउन, संगठनलाई एकताबद्ध, सुदृढ र बैधानिक बनाउन,संगठनको आर्थिक पारदर्शीता र घर करको फर्छ्यौट गर्न,संचालकहरुको लगानी स्वामित्वको रक्षा गर्न,सामुहिक नेतृत्वको पद्धति बिकास गर्न, राज्यका निकायहरुमा पहुँच स्थापित गर्न,पेशागत र व्यावसायिक संगठन निर्माण गर्न,राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा संगठनलाई उचों राख्न,साना मझौला ठुला विद्यालयहरू बिच सह अस्तित्व कायम राख्न, संगठनात्मक पद्धतिको बैज्ञानिक बिकास गर्न,बौद्धिक संगठनको पहिचान बनाउन, संगठनलाई ऐतिहासिक र आधुनिकीकरण गर्न,२१औं शताब्दी सुहाउँदो देशभक्तिपुर्ण आधुनिक शिक्षा पद्धतिको बिकास र सोही अनुरुपको दक्ष जनशक्ति उत्पादनको ब्यबस्था गर्न,शिक्षाका राष्ट्रिय उदेश्य प्राप्तिमा निजि विद्यालयको तर्फबाट योगदान पुर्याउन, विभेदकारी ४५% आरक्षण छात्रवृत्तिको अन्त्य गर्न, प्राविधिक तथा व्यावसायिक शिक्षामा निजि विद्यालयहरुको पहुँच स्थापित गर्न,सदाबहार प्याब्सनको झण्डा फहराईरहन धन्यवाद ।
– हरि कृष्ण श्रेष्ठ, उपमहासचिवको उम्मेदवार।
-प्याब्सन केन्द्रिय सचिवालय सदस्य तथा
काठमाडौं जि.क.पुर्बअध्यक्ष (दुई कार्यकाल)
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE