बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

साउदीमा सडक दुर्घटना हुँदा तिन नेपालीको मृत्य, एक घाइते 

  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

शुक्रबार १९ माघ २०८१

काठमाडौं / साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु र एक घाइते भएका छन । साउदी पश्चिमी क्षेत्रको जिजाननजिकै भएको भयानक दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका सुवास यादवका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन्। सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको कर्मचारी यादवले जानकारी दिए ।

घटना मृतकका परिवारलाई जानकारी गराइसकिएको छ । उनीहरूको शव सम्बन्धित कम्पनीसँग समन्वय गरेर स्वदेश पठाइने यादवले बताए । सडक दुर्घटनामा नौ भारतीय नागरिकको पनि मृत्यु भएको जेद्दास्थित भारतीय वाणिज्य दूतावासले जनाएको छ । बाँकी मृत्यु हुनेमा तीन जना घानाका नागरिक छन् ।

दुर्घटनामा १५ नागरिक मारिएको साउदी प्रेस एजेन्सीले जनाएको छ । घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । दक्षिणी बन्दराह सहर जिजानमा २६ कामदार आफ्नो कार्यस्थलमा जाँदैगर्दा उनीहरू सवार बस एक ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x