शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

उपत्यकामा कुकुर आतंक: रेबिजविरुद्धको सुई लगाउन दैनिक ३ देखि ५ सय बिरामी अस्पताल पुग्छन्

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

आइतबार २८ पुस २०८१

काठमाडौँ / उपत्यकामा भुस्याहा कुकुरको टोकाइ आतंक फैलिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले दैनिक ३ देखि ५ सयको संख्यामा कुकुरले टोकेका बिरामी रेबिजविरुद्धको सुई लगाउन आउने गरेको जनाएको छ। दैनिक कुकुरको टोकाइको शिकारमा अधिकांश बटुवा पर्ने गरेका छन्।

शुक्रराज अस्पतालबाहेक पनि मेडिकल पसलमा पनि सुई लगाउने भएको हुनाले दैनिक कुकुरको टोकाइ बढ्न सक्ने पाइएको छ । यसरी हेर्दा उपत्यकामा कुकुर टोकाइ आतंक नै बनाएको छ । अस्पतालका इमर्जेन्सी इन्चार्ज भालेश्वर यादवले शनिवार कम बिरामी आए पनि बिदाको दिनबाहेक ओपीडी खुल्दा बिरामीको संख्या अझ बढी हुने बताउनुभयो । उहाँले कुकुरको टोकाइका बिरामी अत्यधिक मात्रामा आउने गरेको बताए पनि यकिन तथ्यांक भने बताउनुभएन । तर, अस्पताल दर्ता किताबमा जनाएको रेकर्डअनुसार दैनिक ३ देखि ५ सयको संख्यामा बिरामी आउने गरेको देखिएको छ ।

शनिवार बेलुका अस्पतालको स्थलगत निरीक्षणका क्रममा दर्ता किताबको रेकर्डअनुसार अधिकांश कुकुरले टोकेका बिरामी आउने गरेको देखिएको छ । अस्पतालको तथ्यांक हेर्दा भुस्याहा कुकुरले टोकेका ९० प्रतिशत आउने गरेका छन् । यस्तै, बाँदर, बिरालोजस्ता जनावरको टोकाइका बिरामी पनि आउने गरेका छन् ।

शनिवार बेलुका ५ बजे शुक्रराज अस्पतालको इमर्जेन्सी वार्डमा रेबिजविरुद्धको सुई लगाउन आउनेको संख्या उल्लेख्य देखिएको थियो । सुई लगाउन आउनेमा कोही घरपालुवा कुकुरले टोकेको पनि आएका थिए । साँझको समयमा सार्वजनिक बाटो प्रयोग गर्ने अधिकांश व्यक्तिहरू डराएर हिँड्नुपर्ने भएको छ । मोटरसाइकल चलाउने चालक र पछाडि बस्ने व्यक्तिलाई समेत कुकुरले टोक्ने गरेको पाइएको छ । त्यस्तै, बच्चा र वृद्धहरूसमेत कुकुरको टोकाइमा पर्ने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

कुकुर बन्ध्याकरण र व्यवस्थापनको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले भने मानिसको शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता कुराहरू भएको हुनाले कुकुर बन्ध्याकरणमा ध्यान पुग्न नसकेको जनाएको छ। काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले बन्ध्याकरणको काम अधिल्लो वर्ष भएको र यस वर्ष पनि गर्ने योजना रहेको बताउनुभयो। उहाँले सबै पालिकाले एकैपटक बन्ध्याकरण गरे मात्र भुस्याहा कुकुर कम हुने बताउनुभएको छ।

एउटा कुकुरलाई बन्ध्याकरण र भ्याक्सिन गरी २ हजार ५ सयदेखि ४ हजारसम्म खर्च हुने गरेको महानगरले जनाएको छ । खर्चालु भएको हुनाले बन्ध्याकर र रेबिजको खोप लगाउने विषय चुनौती बन्दै गएको छ। त्यसमा पनि एक कुकुरबाट ५ देखि ८ ओटा थपिने हुँदा उपत्यकामा कुकुर आतंकले झनै समस्या बनाउने पाइएको छ। Source news of nepal

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x