मलाई मन्त्री नभन्नुहोला : महावीर पुनको आग्रह

सोमबार ६ असोज २०८२
काठमाडौ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सिफारिस भएपछि वैज्ञानिक महावीर पुनले पहिलोपटक प्रतिक्रिया दिनुभएका छन्।
वहाँले सोमबार बिहान पुनले बधाई छ भनेर फोन नगर्न र खादामाला लिएर नआउन समेत अनुरोध साथै उनले आफूलाई मन्त्री नभन्न पनि आग्रह गरेका छन्।
मेरो पहिलो घोषणा- कसैले पनि “लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा-माला लिएर नआउनुहोला उनले लेखेका छन्, बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला। मलाई कसैले पनि मन्त्री नभन्नुहोला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला।”
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE