शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

शुक्रबार २६ पुस २०८१

काठमाडौं / युके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने  रामकृष्ण दहाललाई पक्राउ गरेका   छन्। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखाका दहाल पक्राउ परेका हुन् ।

दोलाखा वैतेश्वर गाउँपालिका–३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

दहालले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x