थारु समाज सेवा द्वारा पाँचौं माघी महोत्सव मनाउदै

सोमबार २२ पुस २०८१
सिरहा / थारु समाज सेवा द्वारा पाँचौं माघी महोत्सव २०८१ मनाउने भएको छ।
थारु समाजसेवा लहान नगरपालिकाको वडा नम्बर १५ बानटोल सिराहाको हात्ती दह देखि उत्तरपट्टि भव्य रुपले मनाउन लागेको हो।
‘राष्ट्रिय एकता या बिबिधता हमरसान, थारु भाषा संस्कृति बचाइबै हमर अभियान’ को मूल नारा सहित थारु समाजसेवा द्वारा मनाउँदै छ।
पाँचौं माघी महोत्सव २०८१ माघ १ र २ गते लहान नगरपालिका १५ बानटोलमा हुन गइरहेको हुँदा नगरवासी, वडावासी तथा देश विदेशमा रहनुहुने सम्पूर्णलाई हार्दिक निमन्त्रणा तथा अपिल पनि गरेका छन ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE