बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

मधेशी शिक्षा मन्त्रीहरुबाटै मधेशमा शिक्षा समाप्त पार्यो: सांसद डा. अमरेशकुमार सिंह

  • 55
  •  
  •  
  •  
  •  
  •  
  •  
    55
    Shares

काठमाडौं / स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले मधेशबाट शिक्षा मन्त्री भएकाहरुले नै मधेशमा शिक्षा समाप्त पारेको गम्भीर आरोप लगाएका छन् । उनले सुरुमा मधेश नाम राखेर पार्टी खोलिएपछि पछि ती सबै पार्टीको नामबाट मधेश शब्द हटाईएको भन्दै सेन्टिमेन्ट्सको राजनीति नगर्न नेताहरुलाई सुझाव दिए ।

आज (मंगलबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बिहारमा लालु यादव र नीतिश कुमारले सत्ताको लागि बिहार बनाएकोले त्यसको प्रभाव मधेशमा पनि पारिएको उनको आरोप थियो ।

सत्ताको लागि मधेशको शिक्षा समाप्त गरिएको उनको टिप्पणी छ । उनले मधेश सरकारको नेतृत्व मधेशवादी दलले नै गरेको भएपनि शिक्षा र स्वास्थ्यको उन्नती नभएको बताए । उनले एमालेले भर्खरै भीम रावललाई बाईरोडको बाटो देखाएको बताए ।

सिंहले मधेशवादी पार्टीमा पनि परिवारवाद हाबी भएको र अहिलेसम्म सिद्धान्तमा अहसमति भएर पार्टी विभाजन नभएको बताए । उनले मधेशवादी दलहरु मन्त्री बन्नको लागि मात्रै विभाजन भएको आरोप लगाए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x