बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

सोमबारबाट राजविराज विमानस्थलमा रात्रीकालिन उडान 

  • 156
  •  
  •  
  •  
  •  
  •  
  •  
    156
    Shares

सोमबार १ पुस २०८१

सप्तरी  / सप्तरीको राजविराज विमानस्थलमा सोमबारबाट रात्रीकालीन उडान सुरु गरेको छ ।

सोमबार साँझ संचारकर्मीलगायतको टोली बोकेको नाइन एन एएनडब्लु यू–४,१७१ को बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलमा उडान सुरु गरेको छ ।

जहाज राजविराज विमानस्थल अवतरण गरेसँगै काठमाडौंदेखि राजविराजको दुईतर्फी रात्री उडान शुभारम्भ भएको हो । सोमबार क्याप्टेन मनोज केसीले राजविराजमा जहाज अवतरण गरे ।

वुद्ध एयरले रात्रीकालीन उडान राजविराजबाट सुरु गरेसँगै रात्रीकालीन उडान गर्ने विमानस्थलको संख्या १० वटा पुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कम भिजिबिलिटी भएको अवस्था र रात्रीकालिन समयमा पनि अवतरण गर्ने प्रणालीको विकास गरेसँगै बुद्ध एयरले रात्रीकालिन उडान सुरु गरेको हो ।

बुद्ध एयरले दैनिक दिउँसो एउटा उडान गर्दै आएकोमा पूर्वाधार तयारीसंगै रात्रीकालिन उडानको शुभारम्भ गरेको हो ।

प्राधिकरणले ‘इन्स्ट्रमेन्ट फ्लाईट ल्याण्डिङ्ग सिस्टम’ लागु गरेपछि राजविराज विमानस्थलमा रात्रीकालिन उडान सुरु गर्न उपयुक्त ठानिएको हो ।  राजविराज विमानस्थलमा २०७६ माघ १८ देखि बुद्ध एयरले दैनिक नियमित उडान गर्दै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x