मनकामना केबलकार मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द


आइतबार ३० मङ्सिर २०८१
मुग्लिन / मनकामना केबलकारको मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने भएको छ ।
मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि दुई दिन बन्द हुने जानकारी गराउनु भएका छन ।
टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले बतानुभएको छ । सो अवधिभर ‘वटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE