भ्रष्टाचार बेथितिबिरुद्द आजपाले मधेस यात्रा शुरु गर्ने

शनिबार १७ कार्तिक २०८१
बिरगंज / देशमा भइरहेको भ्रस्टाचार ,दलतन्त्र, ब्रह्मलुट एवं बेथीतिका विरुद्ध आजपाको मधेश यात्रा शुरु भएको छ।
आम जनता पार्टीको आज बिरगंजमा बसेको मधेश प्रदेश पदाधिकारीको विशेष बैठकले भ्रष्टाचार(ब्रह्मलुट) एवं बेथीतिका विरुद्ध मधेश यात्रा शुरू गर्ने निर्णय गरेको हो।

कार्यक्रममा प्रमुख अतिथी आजपा अध्यक्ष तथा पुर्ब मन्त्री प्रभु साह, वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष बिल्टु यादव , महासचिव त्रिभुवन साह,प्रबक्ता चन्द्र भूषण साह, मौलापुर नगरपालिकाकी मेयर रिना साह लगायत अन्य थुप्रै नेता तथा कार्याकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आजपा अध्यक्ष प्रभु साहले देशमा भ्रस्टाचार ,बेथिति बढेको भन्दै सरकारको कडा आलोचना गरे। अध्यक्ष साहले अहिलेको भ्रष्ट नेता र ब्यबस्थालाई नफालेसम्म जनताले उन्मुक्ति नपाउने ठोकुवा गरे। उनले यसका लागि अब आन्दोलनका कार्यक्रम निरन्तर चलाउनुपर्ने बताए।कार्यक्रममा बोल्ने अधिकाङ्स नेताहरुले देशमा भ्रष्टाचारी नेताहरुको बिगबिगी रहेको भन्दै अन्दोलनबाटै अहिलेको ब्यबस्था परिबर्तन गरिनुपर्नेमा जोड दिएका थिए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE