थारु भाषा साहित्यमा निरन्तर दिदै मिहिलाल शिव थारू

बाईझ भेने एक चिन्ता, सन्तान भेने हजार ।
कापुतसे गोद भरल त, लागे दुख के बजार ।।
महताईर बाप भाई बहिन पराई हैईत ने देरी ।
ससुराइर बने चारु धाम, लागैत घर मोहनी के फेरि ।।

बिहीबार ८ कार्तिक २०८१
काठमाडौं / थारु भाषाका लेखक साहित्यकार मिहिलाल शिव थारु साहित्य सृजनाबाट बचेको समय कलाकारितामा खर्चने गर्छन् ।संघर्ष गरे हरेक क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ भन्दै थारुले अरुको नक्कल गरेर होइन आफ्नो नयाँ सृजना शैली प्रस्तुत गरिनुपर्ने बताउछन् ।कविता आफैं मनमा सृजित हुने बताउने कवि,साहित्यकार,लेखक थारुका दर्जनौ साहित्य सृजनाहरु रहेका छन् ।उनका जयकली पुस्तक,थारु भाषाका अन्ना लोकप्रिय रहेका छन् । उनी बोलबमको गीत तथा बड याद आवैये आपन देश रे मिता मा पनि प्रमुख पात्रमा अभिनय समेत गरेका छन्।
उनका अब चाडै तिहार र छठको अवसर पारेर कलि अमृत बाणि नामको साहित्य आम पाठक सामु ल्याउने उनले बताए।शिक्षामा मास्टर सर्जन गरेका थारु लाहान नगरपालिका – १५ खोरियाटोलका बासिन्दा हुन् । साहित्य सृजनामा लगातार लागिरहने बताउने थारुले विभिन्न भजन संग्रह समेत निकालेका छन् ।
https://youtu.be/ypggSq7NlZM?si=0DRoTO-5EnKgYrG_
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE