नेकपा (संयुक्त) ले मनाए ७६औं स्थापना दिवस

आइतबार ३० भदौ २०८१,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( संयुत्त) को ७६ औं स्थापना दिवस भब्य रुपले मनाएका छन। आज पार्टी कार्यालय मैतिदेबिको इन्दु भवनमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष चन्द्रदेब जोशीले कम्युनिस्ट आन्दोलन लगायत पार्टी स्थापनाको बारेमा विभिन्न बिषयमा छलफल गरि मनाएका हुन ।साथै विभिन्न पार्टीमा आवध भई काम गरेका जेभी मललका टिमले पार्टी प्रवेश गरेका छन्। उहाँलाई पार्टी अध्यक्ष चन्द्रदेव जोशीले खादा र टिका लगाई स्वागत गरेका थिए।

त्यस्तै पार्टीकि वरिष्ठ उपाध्यक्ष तथा महिला बिभाग प्रमुख लक्ष्मी साहले महिलाहरुको हक अधिकारको बारेमा महिला हिंसा बिरुद्ध सरकारलाई ध्यानाकर्षण गराएका छिन । त्यसैगरी पार्टीका सल्लाहकार बिष्णु पोख्रेल ,नवीन खड्का ,केन्द्रिय सदस्य तथा नेपाल राष्ट्रिय दलित केन्द्रको अध्यक्ष उपेन्द्र कुमार छतुन्जेल,केन्द्रिय सदस्य तथा नेपाल राष्ट्रिय दलित केन्द्रको महासचिव राजकुमार पासवान , अतिथिहरुमा डा. भरत थापा , डा.सुरेन्द्र केसी. लगायत पार्टीका नेता,कार्याकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वरिष्ठ राजनितिक बिश्लेषक सुरेन्द्र केसीले भ्रष्ट नेताहरुको कारण नेपाली जनताले दु:ख पाइरहेको भन्दै प्रदेश संरचना स्थगित गरिनुपर्ने बताए। केसीले स्थायी सरकार नबन्दा राजदुत नियुक्तिमा अन्योल छाएको जिकिर गरे।कार्यक्रममा बोल्दै राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र कुमार छतुन्जेलले निर्वाचन आयोगले समानुपातिक कोटा दलितको नाममा आफन्त , पार्टीका पहुचवाला नेताहरुले कब्जा गरेको बताए।




RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE