शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

बुधबार ३० साउन २०८१

काठमाडौं / संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिसिभाबाट पारित भएको छ। बुधबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ पारित गरेको हो।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए भने सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए।

प्रतिनिधिसभाबाट पारित भएसँगै अब उक्त विधेयकमाथि राष्ट्रियसभामा पनि छलफल हुनेछ। शीर्ष दलको कार्यदलले विवादित विषयमा सहमति गरेपछि कानुन न्याय तथा मानव अधिकार समितिले उक्त विधेयकलाई सर्वसम्मत रुपमा पारित गर्दै प्रतिनिधिसभामा प्रतिवेदन पेश गरेको थियो।

२०७९ चैत ५ गते प्रतिनिधिसभामा प्रस्तुत भएको विधेयकलाई २०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाइएको थियो।source dcnepal

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x