सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

अन्तर्राष्ट्रिय स्तरको एरोविकको पाचौं वर्ष

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

शुक्रबार १४ असार २०८१

काठमाडौ/अन्तर्राष्ट्रिय स्तरको सुविधा दिने एरोविक तथा फिटनेस सेन्टर डायनामिक वर्ल्ड मल्टिप्रपोज फिटनेसले आफ्नो पाचौ वार्षिक उत्सव भव्य सभ्य सम्पन्न गरेको छ।

आफ्नो केन्दृय कार्यलय अथवा ट्रेनिङ सेण्टर नयाँ ठाउमा उद्घाटन गर्दै यस फिटनेसले विभिन्न प्रतिष्ठित कलाकर्मी,व्यवसायी,बुद्दिजिवी लगायतको उपस्थितिमा छोटो समय मै वेट घटाउन सफल व्यक्तिहरुलाइ समेत सम्मान प्रदान गरेको छ।

यस फिटनेसका संचालिका,प्रमुख प्रशिक्षक तथा सिइओ समेत रहेका डा.तिलु रानाको सभापतित्वमा आयोजित सो कार्यक्रममा विशेष अतिथिहरु चर्चित फिल्म निर्माता तथा ह्युमेन रेस्पेक्ट नेपालका प्रेसिडेन्ट देव मगर,राइज एण्ड साइन कृयसन अध्यक्ष एवम चिल्ड्रेन गार्डेन एकेडेमी पृन्सिपल रश्मि शाक्य,टेलिभिजनकर्मी मनोज न्यौपाने,चलचित्र नायक राजु रेग्मी,अधिवक्ता,नागरिक उत्मुक्ती पार्टी के.स.लिजा राई,गायक भरत समरी,मोडल तथा कलाकार दिलमाया मगर,मिस एण्ड मिसेस युनिभर्सल २०२३ बिजेता एलिना श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो भने अन्य अतिथिहरुमा कल्पना चापागाईं-ब्यवसायीकल्पना चापागाईं,व्यवसायी पुनम अर्याल उपस्थित थिए।

भव्य सभ्य उक्त कार्यक्रममा विशेष अतिथिहरुको हातबाट छिटो वैट लस गर्ने डायनामिक वेस्ट अवार्ड अफ द इयर अन्तर्गत पहिलो,दोस्रो र तेस्रो हुने सबि भन्डारि,रमा दहाल र राहुल यादबलाई पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै विशेष अतिथिहरुले अब ट्यालेण्टले मात्रै नहुने आफ्नो सौन्दर्य कायम राख्नु पर्ने ,त्यसमा प्रमुख सौन्दर्य भनेकै फिट शरीर रहेको र शरीरलाई फिट राख्न यस एरोविक क्लासले भुमिका खेल्ने बताए।

यसैगरी,कार्यक्रममा आफू मोटि हुँदा अपहेलित भएर आफ्नो शरिरलाइ फिट राख्नु पर्छ भन्ने चेत खुलेर यस फिटनेस पेशा प्रती लागेको बताउने प्रमुख प्रशिक्षक डा.तिलु रानाले अहिले सर्वपक्षिय प्रशन्सा र धन्यवाद पायिरहेको बताउछिन् ।उनी गोजुरियी करातेको सेभेन डन तथा अन्तर्राष्ट्रिय रेफ्री साथै जर्ज समेत हुन् ।उनले निकट भविस्य मै यस पेशालाई देशको सवै प्रदेश सहर पुर्याउने लक्ष्य रहेको समेत बताइन् ।

कार्यक्रमको संचालन डायनामिक डेस्टिनेशन फाउन्डेसन नेपाल सदस्य केशव नेपालले गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x