शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द (केही तस्वीरहरु सहित)

Spread the love

बुधबार ३० जेठ २०८१

काठमाडौं / आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ। यससँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन्।

 

लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ भने नेपालको आशा जिवितै रहेको छ। अब बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ। वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ।

खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोरिडा पुगेका हजारौं दर्शक मौसमले खेल रद्द हुँदा खिन्न बनेर फर्किन बाध्य बनेका छन्। केही समर्थकहरु खेल सुरु हुनभन्दा तीन घन्टा पहिले नै रंगशाला आइपुगेका थिए। डिसिनेपालबाट

        

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x