शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

त्रियुगा नदीमा आएको बाढीले सिवाई-बेल्हा जोड्‍ने सडक बाढीले बगायो

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने सडक त्रियुगा नदीमा आएको बाढीले बगाएको छ ।

आइतबार  भारी वर्षाका कारण नदीमा आएको बाढीले सडक बगाएको चौदण्डी नगरपालिका- ५का  वडाध्यक्ष तुलसीराम ढकालले बताए ।

उनले भने, ‘आज उदयपुरमा भारी वर्षा भयो। यही वर्षाले त्रियुगा नदीमा आएको बाढीले नदी वारपार गर्न बनाइएको सडक बगायो । सडकमा राखिएको १५ वटा ह्‍युमपाइप पनि बगायो।’

उनका अनुसार बाढीले सडक बगाएपछि सिवाई,सुन्दरपुर र बेल्हाका स्थानीयहरू वारपार गर्न थप समस्यामा परेका छन् । स्थानीयहरू दैनिक जाने बेल्टार बजार आउजाउ गर्न थप कठिनाइ हुने उनको भनाइ छ । स्थानीयहरू ज्यान जोखिममा राखेर वारपार गरिरहेको उनले बताए ।

२ वर्षअघि यही ठाउँमा निर्माण सकिनै लागेको पक्की पुल त्रियुगाको बाढीले बगाएको थियो । उक्त बगाएको पुल बनाउन उदयपुरका जनप्रतिनिधिसहितको टोलीले सिंहदरवार आएर पटक-पटक माग गरेपनि अहिलेसम्‍म कुनै सुनुवाइ भएको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x