बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

होली पर्व मर्यादित तरिकाले मनाउन काठमाडौँ प्रशासनको अनुरोध

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares
काठमाडौ  / फागु पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँलेअनुरोध गरेको छ । प्रशासनले मंगलबार एक सूचना जारी गर्दै होली पर्व मर्यादित र अनुशासित रूपमा मनाउन अनुरोध गरेको हो ।
होली पर्वमा कसैले अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा कानुन अनुसार कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रङ्ग एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने  अमर्यादित कार्य नगर्न नगराउन सबैमा अनुरोध छ ।’ सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले जारी गरेको सूचनामा भनिएको छ

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv