शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नेपाल टेलिकमको ब्रान्ड दूतमा महजोडी नियुक्त 

  • 54
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

काठमाडाैं / नेपाल टेलिकमले हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई कम्पनीको ब्रान्ड दूतमा नियुक्त गरेको छ। कलाकारिताको क्षेत्रमा महजोडीका रुपमा चर्चित दुवैलाई आगामी एक वर्षको लागि “ब्रान्ड एम्बेसडर” नियुक्त गरिएको कम्पनीले जनाएको छ।

सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्धनिर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरेका छन्।टेलिकमकी प्रबन्धनिर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आबद्धता महत्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडरमार्फत कम्पनीका विभिन्न सेवाहरुका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने बताइन्।

नेपाल टेलिकम केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय श्रेष्ठ र आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकमजस्तो सरकारी निकायसँग आबद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताएका थिए। यसैगरी सञ्चारकर्मी श्री पाण्डे र डा. सन्तोष उपाध्यायलाई कम्पनीले यसअघि नै “ब्राण्ड प्रमोटर” नियुक्त गरिसकेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x