काठमाडौँ /  प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पत्रकारहरूलाई प्रवेश निषेध गरेको भन्दै क्यामरा डाउन गरिएको छ ।

गृह मन्त्रालयले आयोजना गरेको फागुन ७ प्रजातन्त्र दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदासमेत प्रवेश निषेध गरिएको हो । सोको विरोध गर्दै पत्रकारहरूले क्यामेरा डाउन गरेका छन् ।