आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

नागरिक न्युज डट कमले मनायो दोस्रो बार्षिक उत्सब(फोटो फिचर सहित)

  • 53
  •  
  •  
  •  
  •  
  •  
  •  
    53
    Shares

सोमबार २६ चैत २०८०

पिडि शेर्पा

काठमाडौं । नागरिक क्रीयसनद्वारा संचालित नागरिक न्युज डट कम अनलाइनको दोस्रो बार्षिक उत्सब तथा समाज रुपान्तरणको लागि नागरिक समाजको १७ औं  बार्षिक उत्सब कार्यक्रम बृहत रुपमा पर्यटन बोर्ड भृकुटीमण्डपमा आज सम्पन्न भएको छ।

प्रमुख अतिथी सामान्य प्रशासन तथा स्थानीय बिकास मन्त्री भानुभक्त जोशीको उपस्थिति रहेको कार्यक्रममा
बिशेष अतिथी  पुर्ब साम्सद हरिचरण साह,
अतिथिहरु प्रकाश रोकाय,गोकर्णेश्वर नगरपालिकाको मेयर दिपक रिसाल,लगायत अन्य बिशेष अतिथिहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा बिशेष नागरिक सम्मानबाट बौद्द धर्मका प्रचारक आनी भिमसुबा गुरुङ लगायत विभिन्न चर्चित कलाकार ,मोडेल,गित सङ्गित क्षेत्रमा बिशेष योगदान दिएका गायक ,सर्जकका साथै समाजका गन्यमान्य ब्याक्तित्वहरुलाई प्रमुख अतिथि मन्त्री जोशीको बाहुलिबाट सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै सामान्य प्रशासन मन्त्री जोशीले सरकारले गर्नुपर्ने काम  नागरिक क्रीयसनले गरेको भन्दै विभिन्न कलाकार ,श्रष्टाहरुलाई एकै चोटि एकै ठाउँमा सम्मान गर्नु सामान्य कुरा नरहेको बताए। मन्त्री जोशीले प्रधानमन्त्रीलाई यहि कार्यक्रमको महत्वबारे बृफिङ गर्ने समेत बताए। कार्यक्रममा बिशेष अतिथी नेपाली जनता दलका अध्यक्ष पुर्ब साम्सद हरिचरण साहले हिमाल पहाड तराई सबै क्षेत्रको समान बिकास बिना देश बन्न नसक्ने भन्दै यश सस्थाले सबै क्षेत्रमा  कार्यक्रम गर्न सुझाव दिए।कार्यक्रममा अन्य बक्ताहरुले सस्थाको उज्ज्वल भबिष्य कामना गरेका थिए। कार्यक्रममा सम्मानित ब्यक्तित्वहरुले आफुहरुलाई यसरी सस्थाले सम्मान गर्दा साह्रै खुशी लागेको बताएका थिए।कार्यक्रम नागरिक क्रीयसन प्रा. लि. का अध्यक्ष यम बहादुर जिसिको सभापतित्वमा सम्पन्न भएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x