शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

सशस्त्र प्रहरी बल पर्साले २३औ दिवस विभिन्न कार्यक्रम गरि मनायो

  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

बुधबार १० मघ २०८०
काठमाडौँ / माघ १० सशस्त्र प्रहरी बल नेपालको स्थापना दिवसको अवसरमा प्रमुख अतिथि समेत रहनुभएका का प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषाल जिल्लाको शान्ती,सुरक्षा तथा राज्य प्रदत्त अन्य जिम्मेवारी समेत सशस्त्र प्रहरीबाट भएका काम कारवाहिको उच्च मुल्यांकन गरिने बताउनु भयो।प्र.जि.अ. भूषालले सिमित साधन स्रोतको बाबजुद पनि सशस्त्र प्रहरी बल नेपाल १३ न. गणको मातहतका निकायबाट गरिएको कार्य प्रसंशा युक्त रहेको र नेतृत्व तहबाट अङ्गालिएको पुरस्कार, दण्ड नीतिको स्मरण गर्दै राज्य प्रशासन संयन्त्रणमा सकारात्मक प्रभाव परेको पनि जिकिर गर्नुभयो।

२३ औं सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा १३न. गण पर्सामा भएको कार्यक्रम अन्तर्गत अमर प्रहरीको सम्मानमा पुष्पगुच्छा अर्पण गरिएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले सबैमा धन्यवाद ज्ञापन गर्दै जिल्लाको शान्ती,सुरक्षा र सशस्त्र प्रहरीले गरेको विभिन्न कार्यहरुलाई भिडियो मार्फत देखाउदै लगायतका जिम्मेवारी पूरा गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय,सुरक्षा निकाय,स्थानीय सरकार,नागरिक समाज,पत्रकार लगायत सबै सरोकारवाला निकायको सहयोग र सद्भाव प्रशन्सनिय रहेको धारणा राख्नुभयो।

कार्यक्रममा ठोरी गाँउपालिकामा बिओपि स्थापना गर्न सशस्त्र प्रहरीलाई पाँच कठा जग्गा दान गर्ने जग्गा दाता मिन बहादुर श्रेष्ठ स्वास्थ्य शिविर संचालनमा सहयोग गर्ने प्रभु अस्पतालका लक्ष्मी थापा,मनोज गुप्ता,प्रबन्धक दिलिप कार्की लगायत विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मानित समेत गरिएको थियो । ।

 

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल ,पुर्व अध्यक्ष सुवोध गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान,नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा,जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहल,पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का ,वीरगंज भन्सार कार्यालयका प्रशासक डिल्ली राम पन्थी,लगायत अतिथीहरुको उपस्थिती रहेको थियो ।

source reportsnepal

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x