शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन गर्नुहुँदैन : नेता कोइराला

  • 61
  •  
  •  
  •  
  •  
  •  
  •  
    61
    Shares

शुक्रबार ४ फागुन २०८०

काठमाडौं  / नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा अन्य राजनीतिक दलसँग चुनावी गठबन्धन नगर्न सुझाव दिएका छन्। बिहीबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा नेता कोइरालाले अहिलेको निर्वाचन प्रणाली परिवर्तन गरिएन भने कुनै पनि दलले बहुमत ल्याउने संभावना नरहेकाले चुनावी गठबन्धन गर्न नहुने सुझाव दिएका हुन्।

नेता कोइरालाले संविधान संशोधन गरेर निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे। यसका लागि कांग्रेसले पहल कदमी लिनुपर्ने उनको भनाइ छ।  ‘हरेक तहका निर्वाचनमा अब उप्रान्त नेपाली कांग्रेसले कुनै राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल गर्नु हुँदैन । अहिले संविधानमा भएको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना देखिदैन । तसर्थ संविधान संशोधनमार्फत् निर्वाचन प्रणाली परिवर्तन गर्न सबै राजनीतिक दलहरूसँग संवादको लागि नेपाली कांग्रेसले पहल गर्नुपर्छ।’

नेता कोइरालाले देशमा व्याप्त भ्रष्टाचार र आर्थिक अनुशासनहिनता बढेको भन्दै भ्रष्टाचारलाई कडाइकासाथ नियन्त्रण गर्नुपर्नेमा जोड दिए। उनले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन र दस्ताबेजहरू गठबन्धनको छाँया परेको हो कि जस्तो देखियो टिप्पणी गरे। महासमिति बैठकमा  प्रस्तुत हुने प्रस्तावहरू कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो तर, त्यसो नदेखिएको उनको भनाइ छ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x