शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै सुर्खेतमा ‘युवा विद्रोह’

  • 129
  •  
  •  
  •  
  •  
  •  
  •  
    129
    Shares

शनिबार १४ पुस २०८० 

सुर्खेत / उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै सुर्खेतमा ‘युवा विद्रोह’  प्रदर्शन भएको छ। ललितपुरको बालकुमारीमा दुई युवाको प्रहरी दमनबाट मृत्यु भएपछि सुर्खेतमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरिएको हो।

शनिबार ‘युवा विद्रोह’ नाम दिएर युवाहरू बालकुमारी घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका हुन्। सडकमा उत्रिएर स्थानीयहरूले प्रदर्शन थालेका छन्।

घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्नेजस्ता माग राख्दै स्थानीयले प्रदर्शन गरेका हुन्। मृतकका आफन्त तथा विभिन्न राजनीतिक दलका युवाहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए।

सरकारको कार्यशैलीले देशमै सुरक्षाको वातावरणको ग्यारेन्टी गर्न नसकेको भन्दै युवाहरूले सरकारको चर्को विरोध गरेका छन्। मृतकलाई सहिद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग उनीहरूको छ। नयाँपत्रीकाबाट

https://www.facebook.com/profile.php?id=100064648721385&mibextid=ZbWKwL

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x