शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौं / शुक्रवारदेखि दुबईमा प्रारम्भ भएको एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ ।

पाकिस्तानका बलरहरुको कसिलो बलिङसामु नेपाली ब्याट्सम्यानहरुले संघर्षपूर्ण ब्याटिङ गर्दै ४७.२ ओभरमा सबै विकेट गुमाएर १५२ रन जोडेका हुन् ।

दिपेश कँडेलले ३१ तथा ओपनर अर्जुन धिमालले २१ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकले रन बनाउन सकेनन् ।
नेपलाका तिलक भण्डारीले ७ रन, आकाश त्रिपाठीले ६ रन, गुल्सन झाले एक रन, विशाल विक्रम केसीले एक रन, सुवास भण्डारीले ८ रन तथा आकाश चन्दले ५ रन बनाए । बिपिन रावल तथा कप्तान देव खनालले खाता खोल्नै सकेनन् ।

पाकिस्तानका मोहम्मद जीशानले सर्वाधिक छ विकेट लिए । उनले ९.२ ओभरको स्पेलमा १९ रन दिँदै घातक बलिङ गरे । आमिर हसनले दुई विकेट लिएको आजको खेलमा उबैद शाह तथा अलि अस्फादले समान एक विकेट लिए ।

प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान तथा अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलंका तथा बंगलादेश छन् । यो प्रतियोगिताको सबै खेलको लाइभ एसीसीको युट्युब च्यानलमा हेर्न सकिने छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x