शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

दिव्याेपदेश मनन् गरेर राष्ट्रलाई सम्पन्नशाली बनाउनु अहिलेको आवश्यकता : पूर्वराजा

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares
शुक्रबार २७ पुस २०८०twitter sharing button

काठमाडौँ / पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्याेपदेशलाई अनुसरण गरेर त्यसको पदचाप पछ्याउनु पर्ने बताउनुभएकाे छ ।

३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले पृथ्वीनारायण शाहलाई गौरवशाली व्यक्तित्वको रूपमा स्मरण गर्नुपर्ने बताउनुभएकाे हाे ।

पृथ्वीनारायण शाहबाट अभिव्यक्त भएका दिव्य धारणालाई मनन् गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्ने अहिलेको टड्कारो आवश्यकता रहेको उहाँकाे भनाइ छ ।

पूर्वराजाले सन्देशमा भन्नुभएकाे छ, ‘सिंगो नेपाल राष्ट्रको अस्तित्व खडा गरेर हामी सबैलाई नेपाली भन्ने हैसियत प्रदान गर्ने हाम्रा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई हामी हाम्रो इतिहासका गौरवशाली व्यक्तित्व मान्दछौँ ।’

उहाँले आफ्नो इतिहास आफ्नो स्वतत्व र आफ्नो अस्तित्वलाई भुलेर हामी जे जसरी जताततै भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न नसक्ने बताएका छन् ।(जनतासमाचरबाट)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x