शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

इन्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

सोमबार २२ माघ २०८०,

काठमाडौँ / भारतीय रियालिटी सो ‘इन्डियन आइडल’ बाट नेपालकी मेनुका पौडेल बाहिरिएकी छिन्। आइतबार प्रसारित एपिसोडबाट उनी बाहिरिएको घोषणा गरिएको हो। मेनुका आइडलको टप १० भित्र मात्रै अटाउन सकिन्।

मेनुकाले आफू बाहिरिएसँगै सामाजिक सञ्जालमार्फत् हालसम्मको साथ र सहयोगका लागि सबैप्रति आभार व्यक्त गरेकी छन्। आइडलको यात्रा टुंगिए पनि आफ्नो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको उनले उल्लेख गरेकी छन्।

‘मेरो इन्डियन आइडलको यात्रा यहीँ सकिएको छ। तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ। म सबैजनालाई आश्वस्त तुल्याउन चाहन्छु कि मैले पहिलेभन्दा अझै सक्रियरुपमा गायन र प्रस्तुतिमार्फत् सबैलाई मनोरञ्जन दिन सक्नेछु। यो मेरो सुरुवात हो, समाप्ति होइन’, उनले लेखेकी छन्।

फ्यानहरुलाई आफ्नो गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिनसमेत उनले आग्रह गरेकी छन्। यो वर्षभरि नै आफ्नो पाइपलाइनमा संगीतको योजना रहेको उनको भनाइ छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x