शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

मिटरब्याजी पीडितको नाममा सिडिओ कार्यालयमा लुट: अध्यक्ष साह

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

रौतहट / आम जनता पार्टीका अध्यक्ष एवम् रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले मिटर ब्याजी पीडितहरुको नाममा सिडिओ कार्यालयमा लुट भइरहेको बताउनुभएका छन् । सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै प्रभु साहले यस्तो गम्भिर आरोप लगाएका हुन् ।

उनले कानुन विपरित सिडिआको मनोमानीले पीडितहरु झन पिडित भएको बताएका छन् । आदालतमा सुनवाइ हुने मुद्धाहरु जबरजस्ती सिडिओ कार्यालयमा लगिएको उनले आरोप लगाएका छन् । उनले भनेका छन्, ‘नेपालको कानुनले स्पष्ट भन्दछ की मिटर ब्याजी सँग सम्बन्धित विषयक, अनुचित लेनदेनको विषयमा आदालतमा हुनेछ । तर आज सरकारले कानुनी शासनको फाँस गर्दै, कानुनी शासनको मजाक बनाउँदै जबरजस्ती सिडिओ अफिसमा सुनवाइ गर्ने काम गरिरहेका छन् ।’

उनले गृहमन्त्रीसँग प्रश्न गर्दै भने, ‘कुन कानुन अन्तर्गत मुद्धाहरुको सुनवाइ भइरहेको छ ? के सिडियो कार्यालयको क्षेत्राअधिकार अनुचित लेनदेन सुनवाइ गर्ने हो ? होइन् भने किन यस्ता कामहरु भइरहेका छन् ?’

उनले भनेका छन्, ‘यस्तो तमासा बन्द गर्न उनले आग्रह समेत गरेका छन् । पहुँचको आधारमा पीडितहरु झन पीडित बनाइएको छ । गाउँघरका सबै बुर्झाइ सकेका निष्क्रिय दलालहरु सबै सक्रिय भएका छन् ।’ सिडिओ अफिस लुटको ठूलो अड्डा बनेको उनको आरोप छ ।

उनले भनेका छन्, ‘कुरा मानेन भने अभद्र व्यहारको मुद्धा लगाएर महिनौं थुन्ने र गलाएर दोहन गर्ने, लुटने काम जुन भइरहेको छ । यो नेपाली जनतालाई स्वीकार्य हुँदैन् ।’

उनले भनेका छन्, ‘गृहमन्त्री ज्यू नेपाली जनताले शुसासन चाहेका छन्, नेपाली जनताले कानुनी शासन चाहेका छन् । भर्खरै केहिदिन अगाडी संसदबाट कानुुन बनाउनु भयो । तपाइले नै ल्याएको कानुनको आदालतबाट सुनवाइ हुने भनिएको थियो । तर तपाइहरु आज त्यस्तैको उपहास गर्दै हुनुुहुन्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x