शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

एक अभागी छोरीको बयान – कमला पौडेल

लेख -अभागी छोरी कमला पौडेल
  • 75
  •  
  •  
  •  
  •  
  •  
  •  
    75
    Shares

 

सोमबार २३ पुस २०८०

काठमाडौ / जब बाबा हामी माझ हुनुहुन्न भन्ने खबर मेरो कानमा पर्यो । म त एकोहोरिएर रुन लागेछु । होस गुमे जस्तो भएको थियो , मलाई । मानिस दु:खमा अतालिन्छ । म पनि अतालिएको थिए । मलाई संसार अध्यारोले भरिएको आभास भएको थियो ।
मामु भन्नू हुन्थ्यो – म जन्मिदा खुव रोएको थिए रे । दोस्रोपटक बुबा बित्दा रोए । जिन्दगीमा यस अगाडि कहिल्यै पनि त्यसरी म रोएको याद छैन । बाल्यकाल पनि यति बेस्मारी रोएको याद छैन । त्यो मन र चित्त दुबैलाई रुवाउने खबर सुन्नेबित्तिकै बाबाको छेउमा पुगेर उहाँलाई उठाउन मन लागेको थियो । उहाँलाई भन्न मन लागेको थियो तपाईं हामीलाई छोडेर जान पाउनु हुन्न , हामीलाइ आँशुमा डुबाएर जान पाउनु हुन्न ।
तर के गर्नु बिधीको बिधान त्यस्तै थियो । देहावसान भैसकेका कुनै पनि मानव फ़ेरि फर्किएर आउन सम्भव थिएन । मेरो लागि त बुबा फर्काइदिन प्रकृति र सृष्टिसँग कुनै पनि उपाय पनि त थिएन ।
लाग्छ म कति अभागी छोरी रहेछु । बुवाले अन्तिम सास फेर्ने समयमा पनि सँगै हुन सकिन । बाबालाई अङ्गालो हाल्न पाइएन । मलाई आजसम्म पनि यहि कुराले पनि साह्रै मन दुख्छ । बाबाको त्यो अन्तिम दिनमा पनि एकपटक उहाँको अनुहार हेरेर रुन नपाएकोमा पछुतो छ मलाई ।
बाबाले यस संसारलाई छोडेर मात्र जानुभएन , मामुको सिन्दुर र चुराको अस्तित्व हराएन । बाबा नहुदा हामीमा सबै कुराहरुको अभाव भएको छ । माया हरायो । अभिभावकत्व हरायो । हामीले देख्ने सपनाहरूको आकारमा लघु भएन ।हामीलाई समाजले हेर्ने नजरिया फेरियो ।यस्तै चिन्ताले पहिल्यैदेखी मलाई सताइ रहेको छ । मामुको अवस्था के होला ? अन्धपरम्पराले कसरी हेर्ला ? समाज सकारात्मक होला कि नहोला सोच्न बाध्य गराउदथ्यो, बाबाको देहावसान पछि ।
मैले मामुलाइ बाबा नभएर के भयो त म छु नि मामु भनेर पनि सान्त्वना दिए , अनेकौं सान्त्वनाले मामुलाई पनि सम्हाल्न सकेकी छु । हुन त यो मन बुझाउने कुरा न हो । ममीले पनि मन बुझाउनु भएको न हो ।
बाबा त गैहाल्नु भयो , परलोकको बाटोमा । तर मलाई मेरो बाबा मेरो लागि कहिल्यै म दखि टाढा हुनुभएको छैन जस्तो लागिरहन्छ । यो सत्य होइन । मैले पनि यस्तै कुरा सोचेर मन बुझाएको छु ।
घरीघरी लाग्छ बाबा साथै नभएपनि उहाँले दिनुभएको माया,शिक्षा असल संस्कार, सबै अमुल्य कुराहरु मैसँग छन ।यादमा सिरानी भिज्छ ।अझैपनी सानो सानो चोट लाग्दा , सानो सानो बिरामी पर्दा पनि बाबालाई सम्झन्छु । बाबा सँगै भए झैं लाग्छ ।
नराम्रो कुराहरु छोडनुपर्दछ , सधै सहि बाटोमा लाग्नुपर्छ । चाहे मानिसहरुले आँफुलाई जस्तोसुकै ब्यवहार गरुन , आँफुले नराम्रो कहिल्यै पनि गर्नुहुन्न।यस्तै यस्तै कति कुराहरु छन बाबाले भनेका सबै याद आउँछ मलाई। जहाँ पनि जान्छु पहिला सोध्ने गर्छन कि बाबाले के गर्नुहुन्छ ? कहाँ हुनुहुन्छ ? यी प्रश्न असाध्यै बिझाउछ । मन छियाछिया हुन्छ । तब म पिडालाई कुनै शब्दमा बर्णन गर्न नै सक्दिन ।
मैले नभन्दै प्रश्न गर्नेहरुले पहिल्यै बुझिसक्नु हुन्छ।आजभोली त लाग्छ मैले बाबा हुँदै पूरा गर्न नसकेको सपना सबै पूरा गर्नेछु। मेरो बाबाले मेरो लागि देख्नुभएको सपना पुरा गर्नु मेरो दायित्व हो ।
जबसम्म मैले केही गर्दिन तबसम्म मेरो बाबाको आत्माले पनि शान्ती पाउन्न कि जस्तो लाग्छ । मेरो बाबाले मेरो लागि देखेको सपना पूरा गर्नुछ मलाई ।अहिले पनि त्यही बाटोमा लागिरहेकी छु । एकदिन त सफल हुनु नै छ । ढिलो नै किन नहोस म सफल हुनेछु ।
बाबा हजुर जहाँ भएपनी एकदम खुसी रहनुस र हजुरको आशिर्वाद सधै मेरो शिरमा रहिरहोस बस मलाई अरु केही चाहिदैन ।जिन्दगीभर हजुरले देखाएको बाटो अङ्गालेर अगाडि बढिरहने छु। हजुरलाई जति खुसी म जन्मिएको दिन लागेको थियो त्यति खुसी म सफल भएको दिन मलाई लाग्नेछ । बाचा गर्छु हजुर जहाँ भएपनी हजुरलाई कहिल्यै निराश हुन दिने छैन। जस्तो बाबा उस्तै छोरी भन्ने भएर देखाउने छु बाबा।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x