शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

खेलकुद कर्मी डा. प्रसाईं सम्मानित

  • 311
  •  
  •  
  •  
  •  
  •  
  •  
    311
    Shares

शनिबार २१ पुस २०८०

काठमाडौ / सामाजिक गतिविधिमा सक्रिय सस्था चन्द्रलोक प्रतिष्तिठानको चौथो बार्षिक उत्सवको अबसरमा नेपाल पर्यटन बोर्डको हलमा एक भब्य कार्यक्रम बिच देशका लब्ध प्रतिष्ठित ब्यक्तित्वको उपस्थितिमा सामाजिक क्षेत्रमा योगदान दिने विभिन्न क्षेत्रका ब्यक्तित्वलाई सम्मान गर्ने क्रममा खेलकुद क्षेत्रका बौद्धिक ब्यक्तित्व तथा गीतकार नेपाल कराते महासङका उपाध्यक्ष डा . ओमकृष्ण प्रसाईंलाई सम्मान गरिएको छ ।

साथै अन्य सम्मानित हुनुहुने प्रतिनिधि सभा सदस्य एबम कानुन न्याय तथा मानव अधिकार समितिकि सभापति माननीय बिमला सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपालमान राई, नेपाल सरकारका पुर्व उपसचिव बरिस्ठ पशु चिकित्सक देवराज अधिकारी, नेपाल बिधुत प्राधिकरण ग्रीड संचालन विभागका प्रमुख श्रीराम पान्डे, नेपाल सरकारका पुर्व सहसचिव डा. लोकनाथ पौडेल, चर्चित गायक पशुपति शर्मा लगायतलाई सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको कदर गर्दै सम्मान गरिएको हो ।
चन्द्रलोक प्रतिष्ठान कला संस्कृतिको जगेर्ना गर्ने चेतनामुलक वृतचित्र बनाउने, प्राकृतिक प्रकोपमा सक्रियताका साथ लाग्ने सामाजिक सस्था भएको जानकारी सस्थाका अध्यक्ष सिताराम कार्कीले बताउनु भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x