शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नेपालले आज अन्तिम खेल नेदरल्याण्डससँग खेल्दै

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

शनिबार १९ फागुन २०८०

काठमाडौं / टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ। नामिबियाविरुद्ध हिजो ३ रनले विजयी भएसँगै नेपालले फाइनलको आशा जीवितै राखेको छ।

फाइनलमा दाबेदारी बलियो बनाउन आज नेदरल्याण्ड्सलाई हराउनुपर्नेछ। त्यसपछि भोलि नामिबिया र नेदरल्याण्ड्सबीच हुने खेलको नतिजा पनि कुर्नुपर्नेछ।

नेपाल यसअघिका दुई खेलमा भने पराजित भएको छ। नेपाललाई पहिलो खेलमा नामिबियाले २० र दोस्रो खेलमा नेदरल्यान्ड्सले दुई रनले हराएको थियो। नामिबियाले तीनमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । नेदरल्यान्ड्सले पनि दुई खेल खेलिसकेको छ।

नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा नामिबियालाई हराएको थियो। चार अंकसहित नेदरल्यान्ड्स पहिलो, दुई अंकसहित नेपाल दोस्रो र दुई अंकसहित नामिबिया तेस्रो स्थानमा छन्।

आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेलिएको हो। नेपाल, नामिबिया र नेदरल्यान्ड्स तीनवटै राष्ट्र टी–२० विश्वकपमा छनोट भएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x