शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares
बिहीबार २८”मंसिर , २०८०

काठमाडौं / एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । उपाध्यक्ष एवं विधान मस्यौदा समितिका संयोजक डा. बेदुराम भुसाल विदेश भ्रमणमा रहेकाले २८ र २९ मंसिरको पूर्वनिर्धारित बैठक स्थगित भएको एकीकृत समाजवादीले जनाएको छ ।

बैठकमा विधान मस्यौदाबारे छलफल गर्ने तयारी थियो । सचिवालयको अघिल्लो बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय गर्दै उपाध्यक्ष भुसालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेको समिति गठन गरेको थियो।

विधान मस्यौदा सचिवालयबाट स्वीकृत भएपछि स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी हुँदै राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरेर पारित गर्ने तयारी छ । अब सचिवालय बैठक पुसको २ र ३ गते बस्ने पार्टी स्राेतले जनाएकाे छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x