शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

इलाम र पोखरा दोस्रो जितको निकाल्ने लक्ष्यमा

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

बुधबार २० मंसिर २०८०

काठमाडौ / नेपाल सुपर लिग २ अन्तर्गत बुधबार हुने एकमात्र खेलमा स्पोर्टिङ इलाम डे मेची एफसी र पोखरा थन्डर्स भिड्दैछन् ।

दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली लिगको दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछन् । चौथो स्थानमा रहेको पोखराले ३ खेलमा १ जित र २ बराबरीको नतिजासँगै ५ अंक जोडेको छ । सातौं स्थानको इलामको ३ खेलमा १ जित र २ हारसँगै ३ अंक छ ।

इलामले पछिल्लो खेलमा बुटवल लुम्बिनीसँग २-१ को हार बेहोरेको थियो । पछिल्लो दुवै खेलमा पेनाल्टीमा गोल गर्न चुकेको इलामका प्रशिक्षक मेघराज केसीले खेलाडीले आफ्नो निर्देशन अनुसार नखेलेको भन्दै असन्तुष्टि जाहेर गरेका थिए ।

पोखराले पछिल्लो खेलमा झापा एफसीविरुद्ध अन्तिम मिनेटमा गोल खाँदै अंक बाँडेको थियो । उक्त खेलपछि रेफ्रीसँग विवाद गरेको कारण रातो कार्ड पाएका प्रशिक्षक नविन न्यौपाने आज टचलाइनमा हुने छैनन् । सहायक प्रशिक्षक राजेन्द्र तामाङले आज टोलीको जिम्मेवारी लिनेछन् ।

आजको खेल जितेमा पोखरा अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ । यता इलामलाई पनि दोस्रो स्थानमा उक्लने अवसर छ । हाल धनगढी ७ अंक जोड्दै अग्रस्थानमा छ । (हाम्रो खेलकुदबाट)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x