शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

देशभर बदली र चट्याङसहित वर्षाको सम्भावना, कोशी-बागमती-गण्डकी-लुम्बिनीमा भारी वर्षा हुन सक्छ

Spread the love

 

३० असार २०८३

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश क्षेत्रमा बदली रही चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

रातिको समयमा पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहने छ । विशेष गरी कोशी प्रदेशको तराई तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, तराईमा डुबान र नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

मनसुन सक्रिय रहेकाले आगामी केही दिनसम्म यस्तै मौसम रहने अनुमान गरिएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x