कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी फेला

काठमाडौं, २९ असार । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि शंकास्पद रूपमा पार्किङ गरिएको गाडी फेला परेको छ।
स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको उक्त गाडी बिहान करिब ७ बजेदेखि निवासअगाडि बाइकसमेत आवतजावत गर्न नमिल्ने गरी पार्किङ गरिएको थियो।
स्थानीयले गाडी छाडेर चालक प्रहरीकै गाडीमा चढेर फर्किएको दाबी गरेका छन्। यद्यपि प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
यसअघि सोमबार बिहानै कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनका कार्यालयअगाडि पनि यस्तै शंकास्पद रूपमा गाडी पार्किङ गरिएको पाइएको थियो।
प्रहरीले ती गाडीहरू क्रेनको सहायताले हटाइसकेको छ भने घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE